Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नेपाल विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा कार्यरत सहायक लेखापाल सुधीरकुमार चतुर्वेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

चतुर्वेदी २०६६ कात्तिक ९ मा सेवा प्रवेश गरेका थिए। नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्र, रुपन्देहीमा क्लर्क (लेखा तह–घ) पदमा पदस्थापन भएका चर्तुर्वेदी त्यसपछि बढुवा भई सहायक लेखापाल बनेका थिए।

सेवा प्रवेश गर्दा चर्तुर्वेदीले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कूल) तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांक पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (विहार)बाट जारी आचरण प्रमाण–पत्रलगायत शैक्षिक योग्यताका कागजात पेस गरेका थिए।

अनुसन्धानका क्रममा उनले पेस गरेका सबै कागजातहरु नक्कली भएको भेटिएको थियो ।

कानुनको यो दफाविरुद्धको कसुर गरेमा ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैँयादेखि २० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए।

चतुर्वेदीको गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएकाले उनलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077