Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जोशीले लगाए एआईजीको फुली

जोशीले लगाए एआईजीको फुली

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहबीच आईजीपी कुँवरले जोशीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवा गरेको थियो ।

उनको पोष्टिङ् प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा छ । जोशी आईजीपी वसन्त बहादुर कुवँरकै ब्याची हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077