Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

२१ करोड बढीको अवैध लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ

२१ करोड बढीको अवैध लागूऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ

बिहिवार , श्रावण २४, २०८१

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स वाल्टर्स रहेका छन्।

उनलाई ६ किलो २४ ग्राम कोकिनसहित लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

वाल्टर्स दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौं ओर्लिएका थिए।

वाल्टर्सलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको आगमन कक्षमा सामान चेक गर्ने क्रममा उनले बोकेको शुटकेशबाट कोकिन ६ किलो २४ ग्राम बरामद भएको ब्यूरो प्रमुख एसएसपी दिनेश आचार्यले बताए।

एसएसपी आचार्यका अनुसार भल्टर्सले क्याप्सुल आकारका कोकिन सुटकेसमा लुकाएर ल्याएका थिए ।

वाल्टर्सको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077