Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आफैंले पढाइरहेकी छात्रासँग बहुविवाह गर्ने मौलना पक्राउ

आफैंले पढाइरहेकी छात्रासँग बहुविवाह गर्ने मौलना पक्राउ

बिहिवार , श्रावण २४, २०८१

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित एक मस्जिदमा अध्यापन गराउँदै आएका एक मौलाना बहुविवाह मुद्दामा पक्राउ परेका छन्।

प्रहरीले मस्जिदमा उर्दु र अरबी अध्यापन गराइरहेका मौलाना अतीक अहमद खालाई पक्राउ गरेको हो । मौलानाले आफ्नै नाबालक छात्रासँग बहुविवाह गरेका थिए ।

उनीविरुद्ध उनकै श्रीमती मन्तसा खातूनले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धनौलीले उनलाई पक्राउ गरेको हो ।

३१ वर्षीय मौलानाको २ वटा बालबच्चा समेत छन् । तर उनले छात्रासँग समेत विवाह गरी एउटा बच्चासमेत जन्मिसकेको छ।

उनी एक वर्ष अघि आफ्नै १४ वर्षीय छात्रालाई लिएर भारत भागेका थिए।

उनीविरुद्ध उनकै श्रीमतीले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा उजुरी दिएपछि बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

मौलाना खाँले खजुरा गाउँपालिका-८ चमकदारपुर स्थित रहेको बिलाली मस्जिदमा छात्र छात्रालाई उर्दु र अरबी अध्यापन गराउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077