Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

गाजामा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत

गाजामा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत

शुक्रवार , श्रावण २५, २०८१

एजेन्सी । विश्वव्यापी दबाबपछि अगस्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको छ।

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा गाजा युद्धविराम वार्ता पुनः शुरू गर्न इजरायल सहमत भएको हो।

गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा निकायले दुईवटा विद्यालयमा गरिएको इजरायली आक्रमणमा बिहीवार पनि १८ जनाभन्दा बढीको मृत्यु भएको छ।

नोभेम्बरमा एक हप्ता लामो युद्धविरामपछि मध्यस्थकर्ताहरूले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि दोस्रो युद्धविरामको प्रयास गरेका छन्।

बिहीवार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन्।

मध्यस्थकर्ताहरूले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएको स्थानमा वार्ता टोली पठाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077