Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बङ्गलादेशका दुई कारागारमा झडप हँदा १२ कैदीबन्दीको मृत्यु

बङ्गलादेशका दुई कारागारमा झडप हँदा १२ कैदीबन्दीको मृत्यु

शनिवार , श्रावण २६, २०८१

एजेन्सी। प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा १२ जना कैदीको मृत्यु भएको छ।

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक शृङ्खला हो।

आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको छ।

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए। कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको छ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगबार कैदीहरु भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए। झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेका छन्।

हसिना सरकार विरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् । पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077