Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बंगलादेशको प्रधानन्यायाधीशमा सैयद नियुक्त

बंगलादेशको प्रधानन्यायाधीशमा सैयद नियुक्त

आइतवार , श्रावण २७, २०८१

एजेन्सी । बंगलादेशको नयाँ प्रधानन्यायाधीशमा सैयद रेफत अहमद नियुक्त भएका छन् ।

प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरुको राजीनामापछि सैयद बंगलादेशकौ प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।

विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन्।

हसनले राजीनामा दिएपछि राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरु सहभागी थिए ।

योसँगै अहमद बंगलादेशको २५ औं प्रधानन्यायाधीश बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077