Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजाको खान युनिस क्षेत्र खाली गर्न इजरायलको आदेश

गाजाको खान युनिस क्षेत्र खाली गर्न इजरायलको आदेश

सोमवार , श्रावण २८, २०८१

एजेन्सी । इजरायलले दक्षिणी गाजामा रहेको खान युनिसको थप क्षेत्र खाली गर्न नयाँ आदेशसहितको सूचना जारी गरेको छ ।

इजरायल र हमासबीच चलिरहेको युद्धका क्रममा निकालिएको यो नयाँ आदेशका कारण हजारौँ प्यालेस्टाइनीहरू त्यहाँबाट भाग्न बाध्य हुनेछन् ।

प्यालेस्टिनीहरु गाजा शहरको मध्य, पूर्वी र पश्चिमी भागमा बसोबास गरिरहेका छन् ।

इजरायलले यी क्षेत्रमा निरन्तर आक्रमण गरिरहने भन्दै त्यहाँका बासिन्दालाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान भनेको हो ।

यसअघि नै गाजाका २० लाखभन्दा बढी मानिसहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077