Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

असुरक्षाका कारण ड्युटी छाडेका बंगलादेशका ट्राफिक प्रहरीले थाले काम

असुरक्षाका कारण ड्युटी छाडेका बंगलादेशका ट्राफिक प्रहरीले थाले काम

सोमवार , श्रावण २८, २०८१

एजेन्सी । बंगलादेशमा असुरक्षाका कारण ड्युटीबाहिर रहेका ट्राफिक प्रहरी काममा फर्किन थालेका छन्।

करिब एक साता काम छाडेपछि ट्राफिक प्रहरीले आज बिहानैदेखि राजधानीका विभिन्न सडकमा ड्युटी गर्न थालेका हुन्।

राजधानीका विभिन्न सडकमा ट्राफिक प्रहरीको उपस्थिति रहेको थियो ।

धानमण्डी, शाहबाग, फार्मगेट, खमरबारी, कारवान बजार, शान्तिनगर, मालीबागलगायत क्षेत्रमा ट्राफिक प्रहरी ड्युटीमा देखिएका छन् ।

यसअघि केही दिनमा राजधानीलगायत देशका विभिन्न भागमा विद्यार्थीले ट्राफिक व्यवस्थापन गरेको देखिन्थ्यो।

विद्यार्थीको नेतृत्वमा भएको जनआन्दोलनमा शेख हसिनाको पतनपछि देशभरका विभिन्न प्रहरी चौकीमा आक्रमण र तोडफोड भएको थियो ।

त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले काममा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077