Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रुसको ठूलो क्षेत्र कब्जामा लिएको युक्रेन सेनाको दाबी

रुसको ठूलो क्षेत्र कब्जामा लिएको युक्रेन सेनाको दाबी

मंगलवार , श्रावण २९, २०८१

एजेन्सी । युक्रेनले रुसको ठूलो क्षेत्र कब्जामा लिएको दाबी गरेको छ।

युक्रेनी सेनाले रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरेको हो।

रुसको कुर्स्क क्षेत्रमा कब्जा गरेको सेनाले जनाएको छ । यो क्षेत्र राजधानी मस्कोबाट करिब ५०० किलोमिटर टाढा छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि यसको पुष्टि गरेका छन् । यस आक्रमणमा करिब १२ रुसी नागरिकको मृत्यु भएको जनाइएको छ ।

रुसी भूमिमा आक्रमण अझै जारी छ। सुरक्षालाई ध्यानमा राख्दै पश्चिमी रुसी क्षेत्रबाट ठूलो संख्यामा मानिसलाई विस्थापित गरिएको छ।

अहिले थप ५९ हजार मानिसलाई क्षेत्र छाड्न भनिएको छ। स्थानीय गभर्नरले उक्त क्षेत्रमा करिब २८ गाउँ रहेको बताए, जहाँ युक्रेनी सेना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077