Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चीनलाई गोप्य दस्तावेज बेचेको आरोपमा अमेरिकी सैनिक दोषी ठहर

चीनलाई गोप्य दस्तावेज बेचेको आरोपमा अमेरिकी सैनिक दोषी ठहर

बुधवार , श्रावण ३०, २०८१

एजेन्सी । चीनलाई गोप्य दस्तावेज बेचेको अभियोगमा अमेरिकी सैनिक दोषी ठहर भएका छन् ।

अमेरिकी सेनाका एक जना विश्लेषकले सेनाका गोप्य दस्तावेजहरू चीनलाई बेच्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर भएका हुन् ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार दर्जनौँ संवेदनशील सुरक्षा रेकर्ड दिएबापत ४२ हजार डलर भुक्तानी लिएको आरोपमा सर्जेन्ट कोर्बियन शोल्जलाई मार्चमा एफबीआई र अमेरिकी सेनाको काउन्टर इन्टेलिजेन्सले पक्राउ गरेको थियो ।

यो षडयन्त्र सन् २०२२ को जुनमा सुरु भएको र पक्राउ नपर्दासम्म जारी रहेको अधिकारीहरूले बताएका थिए । उनको सजाय भने जनवरीमा तय हुने बताइएको छ ।

हङकङमा बसिरहेका एक व्यक्तिसँग मिलेर शोल्जले संवेदनशील डेटा चोरीको षडयन्त्र रचेका थिए । ती व्यक्तिले उनलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी सिष्टम आदिसम्बन्धी संवेदनशील डेटा जम्मा पार्न भनेका थिए ।

उनले युक्रेनमा रुसी युद्धबाट सिकेको आधारमा अमेरिकी लडाकु विमान, सेनाको ट्याक्टिस र ताइवानका लागि अमेरिकी सेनाको रणनीति आदिसम्बन्धी डेटा बटुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077