Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

थाइल्याण्डको अदालतद्धारा प्रधानमन्त्री थाभिसिन बर्खास्त

थाइल्याण्डको अदालतद्धारा प्रधानमन्त्री थाभिसिन बर्खास्त

बुधवार , श्रावण ३०, २०८१

एजेन्सी । थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ ।

अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो ।

६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ ।

अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए पिचित चुइनवान । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् ।

प्रधानमन्त्रीमात्रै नभएर सबै मन्त्रीहरुको पद गएको तर अर्को सरकार बन्नु अगाडिसम्म कामचलाउ बन्न पाउने फैसला सर्वोच्च अदालतले बुधबार गरेको छ ।

पदमुक्त भएका प्रधानमन्त्री स्रेता थाभिसिनले आफूलाई अदालतको फैसला चित्त नबुझे पनि मान्नुको विकल्प नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077