Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रूसको कुर्स्क क्षेत्रमा आक्रमण बढाउँदै युक्रेन, सैन्य हवाई अखडामा हमला

रूसको कुर्स्क क्षेत्रमा आक्रमण बढाउँदै युक्रेन, सैन्य हवाई अखडामा हमला

बिहिवार , श्रावण ३१, २०८१

एजेन्सी । पछिल्लो समय युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठूलो र लामो दुरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको हो ।

युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्तिअनुसार रूसको भोरोनेज, कुर्स्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्डयन हतियार नष्ट गर्नु रहेको उल्लेख छ ।

कुर्स्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराएका छन् ।

सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रूसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077