Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित

अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित

शुक्रवार , श्रावण ३२, २०८१

एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित भएका हुन् ।

यो सङ्ख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी रहेको बताइएको छ ।

सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएपछि तालिबानले इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077