Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

आजभोली कहीँ गएर बोल्न डर लाग्छ, १० मिनेट बोलेँ भने साँझसम्म १० सेकेन्डको मात्रै हुन्छ : गगन थापा

आजभोली कहीँ गएर बोल्न डर लाग्छ, १० मिनेट बोलेँ भने साँझसम्म १० सेकेन्डको मात्रै हुन्छ : गगन थापा

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरूले सही सूचना दिन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सञ्चार माध्यामहरूले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गरे ।

उनले १० मिनेट बोलेको दर्शकसम्म पुग्दा १० सेकेन्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे।

‘हामीलाई आजभोली कहीँ गएर बोल्दा डर लाग्छ। मैले अहिले १० मिनेट यहाँ बोलेँ भने साँझ सुन्न स्रोतसम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो १० सेकेन्डको मात्रै हुन्छ। त्यो १० सेकेन्डले मेरो १० मिनेटको भाव बोक्दैन,' उनले भने ।

सामाजिक सञ्जालले पनि एकअर्कामा पीडा थप्ने काम गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077