काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस पिन्जले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको बताइएको छ ।
जर्मनी नेपालको एक ठूलो र पुरानो विकास तथा व्यापारको साझेदार मुलुक हो ।
प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गरे ।