काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामे गाउँमा आएको भीषण बाढीबारे जानकारी लिएका छन् ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर प्र्धानमन्त्री ओलीले घटनाबारे जानकारी लिएका हुन् ।
बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको सीडीओ पाण्डेले प्र्धानमन्त्री ओलीलाई जानकारी गराइन् ।
तर हिम पहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको उनले जानकारी दिइन् ।
प्रधानमन्त्री ओलीले मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिन भनेका छन् ।