Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हमासद्वारा युद्धविराम र बन्धक रिहाइ गर्ने नयाँ सर्त अस्वीकार

हमासद्वारा युद्धविराम र बन्धक रिहाइ गर्ने नयाँ सर्त अस्वीकार

शनिवार , भाद्र १, २०८१

एजेन्सी । हमासले दोहामा भएको वार्तामा इजरायलको प्रस्ताव अस्वीकार गरेको छ ।

इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो ।

इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्णयुद्धविरामका साथै कुनै पनि अवरोधबिना कैदीहरूको फिर्ताको माग गरेको थियो ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामवादी आन्दोलनका क्रममा भएको आक्रमणमा हमास लडाकुहरूले २५१ जनालाई कब्जामा लिएका थिए ।

यसमध्ये १११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077