Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

गाजामा जारी युद्धविराम कमजोर बनाउनु हुँदैन : बाइडेन

गाजामा जारी युद्धविराम कमजोर बनाउनु हुँदैन : बाइडेन

शनिवार , भाद्र १, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन्।

सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउन नहुने राष्ट्रपति बाइडेनले बताएका हुन्।

बाइडेनले भने, ‘हामी गाजामा युद्धविरामका लागि पहिलेभन्दा नजिक छौँ।’

यद्यपि हमासका एक अधिकारीले उनको दाबीमा आशङ्का व्यक्त गरेका थिए।

बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि प्रयास जारी राख्न विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई इजरायल पठाउने घोषणा पनि गरे।

बाइडेनको यो चेतावनी अमेरिका, कतार र इजिप्टको संयुक्त वक्तव्यपछि आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077