Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

नागरिकमा परिवर्तनको महसुस हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

नागरिकमा परिवर्तनको महसुस हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

शनिवार , भाद्र १, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकमा परिवर्तनको महसुस हुनेगरी काम गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताए।

उनले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरू बनाइरहेको बताए।

उपप्रधानमन्त्री सिंहले आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर गरे ।

उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए।

आफूहरू पदमा गएर झन्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै उपप्रधानमन्त्री सिंहले देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अप्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077