Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले गरे मन्त्रिपरिषद विस्तार

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसले गरे मन्त्रिपरिषद विस्तार

शनिवार , भाद्र १, २०८१

एजेन्सी । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले मन्त्रिपरिषद विस्तार गरेका छन्।

सरकार प्रमुख युनुसले थप चार मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विस्तारित मन्त्रिपरिषदमा वाहिदुद्दिन महमुद, अली इमाम मजुम्बर, मोहम्मद फौजुल कबिर खान र जहंगिर आलम चौधरी मन्त्री बनेका छन्। वाहिबुद्दिन महमुद अर्थविद् हुन्।

मोहम्मद फौजुल कबिर खान पूर्व सचिव हुन् भने चौधरी सेनाको अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन्। मजुम्बर पनि पूर्व क्याबिनेट सचिव हुन्।

उनीहरूलाई शुक्रबार नै राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। मन्त्रिपरिषद् विस्तारसँगै युनुसले मन्त्रीहरूको जिम्मेवारी हेरफेरसमेत गरेका छन्।

गृहमन्त्री सेखावत हुसैनको स्थानमा अवकासप्राप्त लेफ्टिनेन्ट जनरल जहंगिर आलम चौधरीलाई पठाएका हुन्। हुसैनलाई जुट तथा टेक्स्टाइल मन्त्रालयको जिम्मेवारी दिइएको छ।

विद्यार्थी आन्दोलनको नेतृत्व गरेका नाहिद इस्लामलाई सञ्चार र आशिफ महमुदलाई रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ। योसँगै मन्त्रिपरिषद २१ सदस्यीय बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077