Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखापरेको छ : नारायणकाजी श्रेष्ठ

पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखापरेको छ : नारायणकाजी श्रेष्ठ

शनिवार , भाद्र १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र प्रदूषण र भ्रष्टीकरणको समस्या देखा परेको बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।

उनले पार्टी भित्रको अन्तर संघर्षलाई अतिरञ्जित बनाउन नहुने धारणा राखे।

उपाध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो पार्टी प्रदूषण र भ्रष्टाचारको समस्या देखा परिरहेको बेला उहाँजस्ता पात्र राखेर सोच्नुपर्ने भएको छ। बोगटीजस्ता पात्र शिक्षा र प्रेरणा लिनुपर्छ।’

विचार र नेतृत्वमा प्रष्ट हुँदै अगाडि बढाएर पार्टीलाई अगाडि बढाउनुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाई छ। अहिले पार्टी एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई सुदृढ र नेतृत्वलाई बढाएर गोलबद्ध हुनुपर्ने आवश्यकता रहेको भनाई छ। उनले पार्टीलाई अन्य दलसँग एकता र सहकार्य गरेर अगाडि बढाउनुपर्ने बताए। उनले जनतासँग गएर जन संघर्ष गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077