Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस र एमालेले अपारदर्शी ढंगबाट माओवादीलाई सत्ताच्युत गराए : प्रचण्ड

कांग्रेस र एमालेले अपारदर्शी ढंगबाट माओवादीलाई सत्ताच्युत गराए : प्रचण्ड

शनिवार , भाद्र १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस र एमालेले माओवादीलाई अपारदर्शी ढंगले सत्ताबाट बहिर्गमन गराएको बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पोष्ट बहादुर बोगटीको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले आफूले गठबन्धन फेरेर एमालेको समर्थनमा विश्वासको मत लिने क्रममै कांग्रेस र एमालेका शीर्ष नेताको भावभंगीले आफूविरुद्ध षड्यन्त्र हुन्छ भन्ने संकेत पाएको खुलासा गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरे बापत संख्या भएका भनिएकाहरुले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमुलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो।’

केपी शर्मा ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए ।

उनले सरकारबाट बाहिरिदा विजेताका रुपमा रहेकाले जनताले बुझिरहेको बेला जनतामा जान चुनौती र अवसर रहेको बताए।

अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरुले नबुझेजस्तो गरेपनि जनताले बुझिरहे पनि आफ्नै संगठन भित्रका नेताले नबुझेको कार्यकर्तासामू गुनासो गरे।

प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकताबद्ध बनाएर अगाडि पार्टी पुननिर्माणको गति अगाडि बढाउन खोजिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077