Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

शनिवार , भाद्र १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीले देउवासँग राजनीतिक विमर्श भएको उल्लेख गरेका छन्।

सामाजिक संञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, 'आज शनिबार! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए। '

उनीहरूबीच राजनीतिक नियुक्तिलगायतका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको कार्यान्वयनका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो।

उक्त विधेयक हालै प्रतिनिधिसभाबाट पारित भएको थियो। हालः उक्त विधेयक राष्ट्रिय सभामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077