Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

नेपालमा छिट्टै ठूलो आन्दोलन हुने प्रचण्डको दाबी

नेपालमा छिट्टै ठूलो आन्दोलन हुने प्रचण्डको दाबी

शनिवार , भाद्र १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा छिट्टै ठूलो आन्दोलन हुन लागेको दाबी गरेका छन्।

रुकुम पश्चिम-काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले आन्दोलनका निम्ति पार्टी पंक्ति एकढिक्का हुनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने, 'नेपालमा छिट्टै एउटा ठूलो आन्दोलन आउनेवाला छ। त्यो आन्दोलनको नेतृत्व वामपन्थी प्रगतिशीलले गर्ने हुन् कि दक्षिणपन्थी अराजकतावादीले गर्ने हुन्रु यो सबाल पेचिलो भएको छ। यो कुरा हामीले विचार गर्नुपर्ने छ।'

उनले विसं २०६२ सालमा चुनवाङ्ग बैठकमा भनेको कुरा अहिले आएर सत्य भएको दाबी गरे। अध्यक्ष प्रचण्डले गणतन्त्र जनताका लागि भन्दा पनि बुर्जुवाका लागि आएको निष्कर्ष निकाले ।

उनले संसदमा विश्वासको मत नपाएपछि आफू कमान्डर भएर निस्किएको बताए। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाचार भएर सत्तामा गएको टिप्पणीसमेत गरे।

उनले बंगलादेशको उदाहरण दिँदै संख्याभन्दा ठूलो जनमत रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077