Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कानून निर्माणमा नेपाल दक्षिण एसियामै अगाडि छ : प्रधानमन्त्री ओली

कानून निर्माणमा नेपाल दक्षिण एसियामै अगाडि छ : प्रधानमन्त्री ओली

शनिवार , भाद्र १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित मुलुकी संहिता दिवस विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले दक्षिण एसियामा कानून र संविधान निर्माणजस्ता विषयमा नेपाल अगाडि नै रहेको बताए ।

नेपालमा २०७५ भदौ १ गतेबाट विभिन्न संहिता कानूनहरु लागु भएको सन्दर्भमा मनाइएको दिवसमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौमसत्तासम्पन्न हुने भएकाले सामूहिकरुपमा पहल भएमा संसद्ले संविधान संशोधन गर्न सक्ने बताए।

कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077