Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

अध्यक्ष प्रचण्डलाई जनार्दनको प्रश्न - मेरो लागि माओवादीमा ठाउँ छ कि छैन ?

अध्यक्ष प्रचण्डलाई जनार्दनको प्रश्न - मेरो लागि माओवादीमा ठाउँ छ कि छैन ?

शनिवार , भाद्र १, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन्।

पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनी प्रश्न पनि गरे।

जनार्दनले अध्यक्ष प्रचण्डलाई मेरो लागि माओवादीमा ठाउँ छ कि छैन भन्दै प्रश्न गरे । उपमहासचिव जनार्दन शर्माले पार्टी हडेक्वाटरबाटै आफूले पार्टी फुटाउने भ्रम फैलाइएको बताए।

पार्टीलाई बलियो बनाउन आफूले राखेको मतलाई असत्य सावित गर्दै आफ्नो बदनाम गर्न खोजिएको उनको भनाइ छ। उपमहासचिव शर्माले माओवादीबाहेक अर्को पार्टीमा जानेबारे कल्पना गर्न नसकिने स्पष्ट पारे।

उनले पार्टीका लागि आफू कहिले कांग्रेस र कहिले एमालेसँग वार्ता गरेको भन्दै माओवादीको हुने ठाउँ छ कि छैन भन्दै प्रचण्डलाई प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077