Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ताइवान टापुको तटमा चिनियाँ जहाज डुब्यो

ताइवान टापुको तटमा चिनियाँ जहाज डुब्यो

शनिवार , भाद्र १, २०८१

एजेन्सी । माछा मार्ने चिनियाँ जहाज अज्ञात जहाजसँग ठोक्किएर ताइवान टापुको तटमा डुबेको छ ।

जहाज डुब्दा तीन जना बेपत्ता भएको ताइवानको तटरक्षकले शनिवार जनाएको छ ।

ताइवान र चीनलाई छुट्याउने साँघुरो जलमार्गमा बारम्बार हुने डुङ्गा दुर्घटनाले तनाव बढाएको छ ।

शनिवार बिहान चिनियाँ झण्डा भएको ‘मिन लङ यू ६०८७७’ जहाज किमेन टापुको तटबाट करिब ६.५ नटिकल माइल टाढा अज्ञात जहाजसँग ठोक्किएपछि डुबेको ताइवानको तटरक्षक प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

‘जहाजमा चालक दलका सातजना सदस्य थिए । चार जनालाई उद्धार गरिएको छ भने तीनजना बेपत्ता छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077