काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय शिक्षक संगठनको २३औं राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठमाथि लक्षित टिप्पणी गर्दै उनले यसअघि शिक्षा मन्त्री भएकाले राजनीतिलाई जोडेर शिक्षकहरूमाथि एकतर्फी ढंगले दमनचक्र चलाउने काम गरेको भन्दै सरकारले शिक्षकहरूमाथि दमन गर्न नमिल्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा शिक्षकको भूमिकालाई नबुझेकाहरूले शिक्षकमाथि दमन गर्ने काम गरेको बताए ।
८२५ शिक्षकलाई राजीनामा गराए, राजनीतिक आबद्धता त्याग्न लगाएजस्ता कुराहरू सही नभएको उनको भनाई छ ।