Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

परराष्ट्रमन्त्री आरजु आज भारत भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री आरजु आज भारत भ्रमणमा जाँदै

आइतवार , भाद्र २, २०८१

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै छिन् ।

उनका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चारदिने भारत भ्रमणमा निस्कन लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्री राणाले भदौ २ देखि ६ गतेसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

उच्च तहको नियमित भ्रमण आदानप्रदानले नेपाल र भातबीचको वर्षौ पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ । परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077