Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक आज

चारवटा संसदीय समितिको बैठक आज

आइतवार , भाद्र २, २०८१

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्न लागेको हो ।

कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे र कृषि समितिको बैठक बिहान ११ः३० मा संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।

कानुन समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गरिनेछ भने कृषि समितिमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्याका र नेपालमा ईआईए/आईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077