Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसमा शक्तिशाली भूकम्प जाँदा ज्वालामुखी विस्फोट

रुसमा शक्तिशाली भूकम्प जाँदा ज्वालामुखी विस्फोट

आइतवार , भाद्र २, २०८१

एजेन्सी । रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ ।

आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्पपछि शिवेलुच ज्वालामुखी विस्फोट भएको हो ।

तटीय शहर पेत्रोपाभ्लोभ्स्क-कामचात्स्कीबाट शिवेलुच ज्वालामुखी करिब ४५० किलोमिटर पर रहेको छ ।

ज्वालामुखीको खरानी समुद्री सतहबाट करिब ५ किलोमिटरमाथि उडेको पनि रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पेत्रोपाभ्लोभ्स्क-कामचात्स्कीबाट ८८ किलोमिटर र यसको गहिराइ ४८ किलोमिटर रहेको जनाएको छ ।

भूकम्पबाट कुनै क्षति नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077