Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

हामीले गरेका राम्रा कामहरू देख्न नसकेर नयाँ गठनबन्धन बन्यो : प्रचण्ड

हामीले गरेका राम्रा कामहरू देख्न नसकेर नयाँ गठनबन्धन बन्यो : प्रचण्ड

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफुले गरेका राम्रा कामहरू देख्न नसकेर नयाँ गठनबन्धन बनेको बताएका छन्।

तात्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डलेले भने,' हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको हो। यो अपवित्र छ,यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने,अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।'

अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताए।

अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077