Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस र एमालेबीचको सहमतिलाई राष्ट्रिय सहमति भन्न खोजियो : बेदुराम भुसाल

कांग्रेस र एमालेबीचको सहमतिलाई राष्ट्रिय सहमति भन्न खोजियो : बेदुराम भुसाल

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले कांग्रेस र एमालेको बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन्।

राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष भुसालले यस्तो बताएका हुन् ।

उपाध्यक्ष भुसालले भने,‘दुई दलका बीचको सहमतिलाइ र राष्ट्रिय सहमति भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यो कदापि हुन सक्दैन् । दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन।’

संविधान संशोधन के विषयमा गर्न खोजेको त्यो प्रष्ट नगरी संशोधनको बहस चलाउनुको पनि अर्थ नरहेको उपाध्यक्ष भुसालले बताए ।

दुई दलका बीचमा सहमति भयो भनेर संविधानका मूलभुत मर्ममाथि प्रहार गर्न नपाइने उपाध्यक्ष भुसालले बताए ।

यदि संविधानको मर्ममाथि प्रहार गर्न खोजिए त्यो आफूहरुलाई सैह्य नहुने उपाध्यक्ष भुसालको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077