Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भ्रष्टाचार नियन्त्रणका नाममा हामी स्टन्टबाजी गर्दैनौं : प्रधानमन्त्री ओली

भ्रष्टाचार नियन्त्रणका नाममा हामी स्टन्टबाजी गर्दैनौं : प्रधानमन्त्री ओली

आइतवार , भाद्र २, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणकै लागि बनेको दाबी गरेका छन् ।

एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।

उनले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने दोहोर्याए ।

सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार भ्रष्टचारका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन । भ्रष्टाचार खोजविन र कारवाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ। त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ ।’

सरकारले कसैको आग्रहमा कसैलाई फसाउने र कसैलाई जोगाउने कुरा सोच्न पनि नसक्ने प्रधानमन्त्री ओलीले बताए ।

न्याय र कानून सबैका बराबर रहेको भन्दै प्रधानमन्त्री ओलीले मान्छेको मुख हेरेर कुनै पनि व्यवहार नगरिने दाबी गरे ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र अनियन्त्रित नहुने बताए । सनकको भरमा चल्ने प्रवृत्तिले कहीँ नपुर्याउने प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077