Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

सरकारमा जान हतारो छैन, जनताका बीचमा रहेर खबरदारी गर्छौँ : वर्षमान पुन

सरकारमा जान हतारो छैन, जनताका बीचमा रहेर खबरदारी गर्छौँ : वर्षमान पुन

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफूहरूलाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तकारी प्युठानको जिल्ला सम्मेलनमा आइतबार उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले भ्रष्टाचारी र राज्यदोहनमा संलग्नलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाए ।

उनले भ्रष्टाचारीलाई संरक्षण गरिए संसद् र जनताका बीचमा रहेर खबरदारी गर्ने बताए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासनका पक्षमा तथा भ्रष्टाचार र राज्यदोहनविरुद्ध कठोर कदम चालेपछि आत्तिएकाले रातारात सरकार ढालेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077