Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बिहानैदेखि रक्षाबन्धन गर्न मिल्छ कि मिल्दैन ?

बिहानैदेखि रक्षाबन्धन गर्न मिल्छ कि मिल्दैन ?

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमवार पूर्णिमा तिथि ४७ घडि १९ पला रहेको जनाएको छ ।

गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भैरहेको भन्दै समितिले यसबारे स्पष्ट पारेको हो ।

समितिका अनुसार सोमबार दिउँसो १ः३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको समितिले जनाएको छ।

समितिका धर्मशास्त्र प्रमुख प्राडा देवमणि भट्टराईले भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको बताए ।

उनले विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई सोमबार १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिब देखिने बताए । सर्वसाधारणले भने बिहानैदेखि रक्षा बन्धन बाँध्न मिल्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077