Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बझाङमा पहिरोले घर पुरिँदा चारजना बेपत्ता, पाँचको उद्धार

बझाङमा पहिरोले घर पुरिँदा चारजना बेपत्ता, पाँचको उद्धार

सोमवार , भाद्र ३, २०८१

बझाङ । बझाङमा एक घरमाथिबाट पहिरो जाँदा चारजना बेपत्ता भएका छन् ।

आइतबार राति बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्।

गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ ।

पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको बताइएको छ ।

उद्धारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077