Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बझाङमा पहिरोले घरभित्र च्यापिएका चारै जनाको शव फेला

बझाङमा पहिरोले घरभित्र च्यापिएका चारै जनाको शव फेला

सोमवार , भाद्र ३, २०८१

बझाङ । बझाङमा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ ।

जिल्लाको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको हो ।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७ः२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ । ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077