Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युक्रेनी सेनाको दाबी - रुसले किएभमा गरेको मिसाइल आक्रमण विफल गर्‍यौँ

युक्रेनी सेनाको दाबी - रुसले किएभमा गरेको मिसाइल आक्रमण विफल गर्‍यौँ

सोमवार , भाद्र ३, २०८१

एजेन्सी । युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको दाबी गरेको छ ।

किएभमा आइतबार बिहानैदेखि हवाई आक्रमणको साइरन बजेको थियो । मिसाइल आक्रमणका साथ ड्रोनहरू किएभतर्फ गएको देखिएको थियो ।

'दुश्मनका सबै ड्रोन शहरभन्दा धेरै टाढा नष्ट गरिएको छ’ रुसी सेनाले भनेको छ ।

आक्रमणबाट कुनै क्षति वा हताहतको सूचना प्राप्त नभएको उल्लेख गर्दै प्रशासनले थपेको छ, ‘सम्भवतः केएन–२३ प्रकारको उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको प्रयोग गरिएको थियो ।’

संयुक्त राज्य अमेरिका र सोलले उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई गोला–बारुद र मिसाइलहरू उपलब्ध गराएको आरोप लगाएका छन् ।

यस्तै रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राखेको युक्रेनले दोस्रो रणनीतिक पुल ध्वस्त बनाएको जानकारी दिएको छ । युक्रेनको सेनाले आइतबार पुल ध्वस्त बनाएको भिडियो सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077