Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सोलुखुम्बुको थामे बाढीमा हराएका व्यक्ति घरभित्रै सकुशल भेटिए

सोलुखुम्बुको थामे बाढीमा हराएका व्यक्ति घरभित्रै सकुशल भेटिए

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् ।

बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिएका हुन् ।

सुन्न र बोल्न नसक्ने शेर्पा भेलबाढीका कारण घरभित्र थुनिएपछि निस्कन र कसैलाई बोलाउन पनि नसकेका कारण सम्पर्कविहीन थिए ।

बाढी आउनुअघि कसैले घाँस काट्न गएको देखेको र कसैले लुगा बोकेर हिँडिरहेको देखेको बताएपछि अन्यत्र खोजी भएको थियो ।

तर आइतबार उनी घरभित्रै बसिरहेको अवस्थामा सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077