Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जाजरकोट पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु

जाजरकोट पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु

सोमवार , भाद्र ३, २०८१

जाजरकोट । जाजरकोटको माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्।

उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका छन् ।

इलाका प्रहरी कार्यालय दल्लीको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077