Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ

ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ

सोमवार , भाद्र ३, २०८१

झापा । लागूऔषध ब्राउन सुगरसहित एक भुटानी शरणार्थी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर जी ३ घर भइ हाल बिर्तामोड नगरपालिका–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077