Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै

समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिनेछ।

यसअघि आइतबार बस्ने भनिएको बैठक स्थगित भएको थियो। साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो।

तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077