Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

सहकारी ठगी प्रकरण : रविसँग बयान लिने संसदीय समितिको तयारी

सहकारी ठगी प्रकरण : रविसँग बयान लिने संसदीय समितिको तयारी

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । सहकारी छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

समितिले भदौ ७ गते समितिमा बोलाएर लामिछानेसँग बयान लिने तयारी गरेको हो । स्रोतका अनुसार लामिछानेविरुद्धका प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ।

पूर्वगृहमन्त्री समेत रहेका सांसद लामिछानेसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको थियो ।

समितिले गोरखा मिडिया अन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको स्रोतले बतायो ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077