Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एसजयशंकरबीच भेटवार्ता भएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज समकक्षीसँग भेटवार्ता गरेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा उहाँहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछिन्।

गत सोमबार नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा परराष्ट्रमन्त्री राणा नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटबारे छलफल भएको थियो।

उनले हवाई रुटको विषयमा सचिव मिस्रीमार्फत भारतसँग कुरा उठाएकी थिइन्। उनीहरूबीच व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077