Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने गृहमन्त्री लेखकको घोषणा

तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने गृहमन्त्री लेखकको घोषणा

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तिङ्करमा छिट्टै अध्यागमन कार्यालय स्थापना गर्ने बताएका छन्।

सोमबार प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालले गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न अबको तीन, चार महिनाभित्रमै तिङ्करमा अध्यागमन कार्यालय स्थापना गरिने बताए।

महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्वपूर्ण परियोजना अघि बढाएर भारत र चीनसँग पनि जोडिने गृहमन्त्री लेखकको भनाई छ।

गृहमन्त्री लेखकले भने,‘तीन, चार महिनामा तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरेर तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ, यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ।’

गृहमन्त्री लेखकले जनतामा उत्पन्न निराशालाई आशामा बदल्न कांग्रेस र एमाले मिलेर सरकार बनाइएको बताए।

शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न सरकारले काम गरिरहेको उनको भनाइ छ।

गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्न संविधान संशोधन गर्न खोजिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077