Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

अक्सफोर्डको कुलपतिमा इमरान खानले दिए उम्मेदवारी

अक्सफोर्डको कुलपतिमा इमरान खानले दिए उम्मेदवारी

सोमवार , भाद्र ३, २०८१

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न उम्मेदवारी दिएका छन्।

आगामी अक्टोबरमा अक्सफोर्डमा पढेका विद्यार्थी र कर्मचारीले भोट हाल्ने निर्वाचनमा भाग लिन ७१ वर्षीय इमरानले आवेदन दिएका हुन् ।

उम्मेदवारीका लागि आवेदन दिने अन्तिम दिन आइतबार सकिएको छ। तर अक्सफोर्डले को-को उम्मेदवार भए भनेर जानकारी अक्टोबरमा मात्रै दिने भनेको छ।

इमरान अहिले राजनीतिक प्रतिशोधका लागि राज्यद्वारा लगाइएका विभिन्न मुद्दामा सजाय पाएर जेलमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077