Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सिन्धुपाल्चोकको पाँचपोखरीमा गयो सुख्खा पहिरो

सिन्धुपाल्चोकको पाँचपोखरीमा गयो सुख्खा पहिरो

सोमवार , भाद्र ३, २०८१

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-७ तिपेनीमा सुख्खा पहिरो खसेको हो। पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ।

पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ ।

खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ।

जिल्ला प्रशासन कार्यालयले पहिरो खसेपछि खोलामा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077