Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो, स्थानीयलाई सतर्क रहन अनुरोध

सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो, स्थानीयलाई सतर्क रहन अनुरोध

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ ।

जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पताल नजिकै आएको सुख्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको हो ।

सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा परेको प्रहरीले जनाएको छ । जोखिममा परेका स्थानीयहरु र अस्पतालका सामग्रीहरु अहिले सुरक्षित स्थानमा लैजाँदै गरिएको छ ।

नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077